रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली माविमा अध्ययनरत छात्राहरुलाई वडा बजेटबाट साइकल वितरण गरिएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने ५५ जना छात्राहरुलाई साइकल वितरण गरेको वडाध्यक्ष बलराम दाहालले वताए ।

छात्राहरु विधालय टाँडा हुदा विधालय छोड्ने हुदा विधालय र पढाइप्रति आकर्षण गर्दै विधालय सम्म विधार्थी ल्याउन उनीहरुलाई साईकल वितरण गरेको दाहालले वताए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नारायण वनले छात्राहरुलाई विद्यालय निरन्तरताका लागि सहयोग होस् भन्दै उपहारस्वरुप साइकल प्रदान गरेको बताए ।

कार्यक्रममा वडा सदस्य केशरीमाया सुनार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनाल, प्रधानाध्यापक शिवराम मरहठ्ठा, एमालेका अध्यक्ष रामचन्द्र सापकोटा, काँग्रेसका सभापति गोपी कृष्ण बिडारी, माओवादीका अध्यक्ष खगराज खनाल, एकीकृत समाजवादीका अध्यक्ष गोकर्ण गिरीलगायतको उपस्थिति रहेको थियो । वडा सदस्य  सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो । भने कार्यक्रम वडा सचिव रमेशलाल ताम्राकारले सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments Box