चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) रत्ननगर नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अखिल(क्रन्तिकारी) रत्ननगरमा चोक बहादुर गुरुङको अध्यक्षमा ३१ सदस्यीय नगर कमिटि गठन भएको छ । जस्को उपाध्यक्षमा विनित तमाङ, सचिबमा बद्री धिताल, सह सचितवमा सन्दर्भ खनाल र रविन लामिछाने रहनु भएकमे छ । भने कोषाध्यक्षमा शुवेक्षा प्रजापति चयन भएका छन ।


रत्ननगर नगरपालिकाको शहिद स्मृति कलेजमा आयोजित भेलाको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य रामचन्द्र अधिकारी रहनु भएको थियो । त्यस्तै पार्टीका रत्ननगर ईन्चार्ज राजु अम्गाई सुवोध, विधार्थी नेताहरु सुरज सिह ठकुरी , अशोक देवकोटा, सरोज भण्डारी,अविनाश रम्तेल, शुशन चितवने, दयाराम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Facebook Comments Box