चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) कालिका नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अखिल(क्रन्तिकारी) कालिकामा सिद्धान्त मगरको अध्यक्षमा ३१ सदस्यीय नगर कमिटि गठन भएको छ । जस्को उपाध्यक्षमा मोनिका सिलुवाल र सागर नेवा श्रेष्ठ रहनु भएको छ । भने सचिबमा निमेष ओइबा चयन हुनु भएको छ ।

कालिका नगरपालिकाको खोलिसमिलमा आयोजित भेलाको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)की केन्द्रिय सदस्य तथा भरतपुर महानगरकी मेयर रेनु दाहालले रहनु भएको थियो । दाहालले देशको समग्र राजनैतिक परिवर्तन र विद्यार्थि हकहितका लागि वलिदानिपूर्ण संघर्षबाट आएको मुलुकको एकमात्र विद्यार्थि संगठन अखिल(क्रान्तिकारी) रहेको दावि गर्नु भएको थियो । साथै यहाँले शिक्षाको ब्यवसायिकरण र दलाल पूजिपतिहरुको कमाइखाने भाडो नभएर शिक्षा आम नागरिकको आधारभूत आवश्यकतामा पर्ने भएकाले सर्वसुलभ हुनु पर्नेमा जोड दिनु भएको थियो ।

भेला कालिका नगर  नगर संयोजक सुवास रेगमीको अध्यक्षतामा सम्पन्न भएको थियो

Facebook Comments Box