चितवन । सरिता फिल्म्स प्रोडक्सन प्रा।लिको प्रस्तुतीमा नेपाली कथानक चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ(मुहर्त गरिएको छ । राक्सिराङ गाउँपालिका चैनपुर, मकवानपुरमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको हो।

पूर्व गृहराज्यमन्त्री तथा प्रदेश सभा सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ(मुहूर्त कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांग्रेसकी वरिष्ठ सल्लाहकार तथा पूर्व प्रत्याशी सांसद उमा दाहाल , सांसद सन्तलाल चेपाङ्ग , नेपाल चेपाङ्ग संघ प्रदेशका अध्यक्ष खुशीलाल चेपाङ्ग , प्रदेशका सचिव लक्ष्मण चेपाङ्ग र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल लगायतका अतिथिहरु रहेका थिए ।

चेपाङ्ग समुदायको कथामा बन्न लागेको चलचित्रको तिहार पछिबाट छायाँकन सुरु हुने कार्यकारी निर्माता सुवास राज काफ्लेले बताए। मकवानपुर, चितवन र काठमाडौँमा छायाँकन हुने चलचित्र ‘अस्तित्वको लडाइ’ मा प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानियाँ चलचित्रका लागि अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन्।

सरीता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो। गोविन्द्र गौतमको निर्देशन, महेश पौडेलको छायाँकन, रोशन श्रेष्ठको द्वन्द निर्देशन रहने छ। रामशरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन्।

Facebook Comments Box