“दाई,उसले तपाईँसंग विद्रोह किन गर्यो ?” मलाई ज्यादै माया गर्ने भाईले प्रश्न गर्यो।“धैर्यगर भाई,समयले हर प्रश्नको उत्त आफैँ दिन्छ।“मैले यत्ति भने।मसंग लामो संवाद भयो, मान्छेको स्वभाव र चरित्रको बारेमा।त्यसपछि म आफ्नै बाटो लागें,मेरो मानस पटलमा सिनेमामा दृश्य बदलिए झैँ उसको बारेम भुत देखि वर्तमान सम्मका सबै घट्नाक्रमहरु झलझली आउन थाले।

“चित्र होइन चरित्र राम्रो हुनुपर्छ” यस्तै गफ दिन्थ्यो उ।लाग्दथ्यो यो मान्छे सहि छ।समाजले यस्तै मान्छेको खोजि गरिरहेको छ।सकारात्मक सोच समाजको सम्पती हो,त्यसैले यसलाई समालेर राख्नु पर्छ।यहि सोचले उ संग मेरो मित्रता गाँसिन पुग्यो र झाँग्गियो पनि।अडिनु पर्ने ठाउँमा उ अडिन सक्दैनथ्यौ अनि जहाँ आवश्यकता हुन्नथ्यो त्यहाँ उ सती साल झैँ ठडिन्थ्यौ,सबै समान हुँदैनन् भन्ने ठान्थे र त हाम्रो मित्रतामा कहिले कमी आएन। सल्लाह सुझाव प्रसस्त दिन्थ्यो,यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनि जसलाई म सहजै ग्रहण गर्दथेँ पनि।

“सङ्कटमा मान्छेको पहिचान हुन्छ”मौका पाउने वित्तिकै उसले आफ्नो औकात देखायो।उ भित्रको धुर्त मान्छे,घिन लाग्दो रहेछ।जे देखिन्छ बाहिर त्यो होइन मान्छे फेरी एक पटक जिवनमा तितो अनुभव गर्ने अवसर प्राप्त भयो।कति स्वार्थी,कति निच हुन सक्छ मान्छे उसको बोली र व्यवहार बाट प्रष्ट संग अनुमान लगाउन सकिन्छ।

सम्मान पुगेन रे! उसलाई अनि भूमिका मिलेन रे!यसैमा उसको असन्तुष्टि छ भन्ने सुन्नमा आयो।औकात भन्दा बढी अपेक्षा राखियो भने यस्तै हुन्छ,यो उसले बुझेन वा बुझ्न चाहेन।त्यसेले उ,म संग आगो भएको छ।उ जस्तै धेरै मान्छेहरुको आक्रोसको अग्नीमा जल्दा जल्दै बाँकि रहेको राख हो म,उसलाई चेतै भएन।उ,मेरा लागि सामान्य त्याग गर्न सक्दैन अनि म बाट वलिदानको अपेक्षा राख्छ यो पनि कुनै दुनियामा हुन्छ।

मसंग लामै संगत भयो उसको।असल मित्र नै लाग्दथ्यो तर उसको मनमा खोट रहेछ।केही प्राप्तीका लागि समिपमा आएको रहेछ,प्राप्त भए पछि उसले रुप बदल्यो।म दुःखि छैन,तर सचेत छु किनकी यसबाट मैले पाठ सिक्ने अवसर प्राप्त गरेको छु।म बुझ्द छु,इमान्दारिता विनाको मित्रता दुःखको स्रोतहरु हुन जसलाई समयमै सच्याउन सक्नुपर्दछ।

आज म खुशी छू किनकी म उ बाट मुक्त छु।जुन पर्दा मेरो आँखामा थियो हटेको छ।मेरो रफ्तार उही छ,केवल तिमी छुटेका हौ।तिमीले धोका दिँदै गर्दा केहि छाडेर गएका छौ,त्यो मेरो पूँजी हुनेछ।यस्तै पूँजीहरुको संग्रह नै वास्तवमा जिवन हो।

लेखक : ऋषि प्रसाद खनाल
रत्ननगर–६, बछौली ,चितवन

Facebook Comments Box