सिन्धुपाल्चोक । हेलम्बु–मेलम्चीका बाढी प्रभावित १८ वर्षमाथिका २० हजार जनाको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । सर्वसाधारणले आजदेखि खोप लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले वताए ।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाइँले बताउनुभयो ।

 

Facebook Comments Box