खैरहनी। पूर्वी चितवनको खैरहनीमा स्थित ग्रेट एफ.एम. १०६.४ मेगाहर्जले बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एफ.एमले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै खैरहनी नगरपालिका ८ भित्रका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुबीच सो कार्यक्रम गरेको हो । कार्यक्रम हरितालिका तीजको अवसरमा आयोजना गरिएकोे प्रथम भर्जुअल तीज महाउत्सव र तीज फोटो कन्टेष्टमा टोल विकास संस्थाको भूमिकाबारे प्रस्ट पार्ने उद्देश्यले गरिएको एफ.एमका अध्यक्ष रामेश्वर रिजालले बताउनुभयो ।

एफ.एमका सचिव बिक्रम खड्काले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा बोल्दै मिलिजुली टोल विकास संस्थाका अध्यक्ष हरी पुनले हरितालिका तीजको अवसमा गरिएको सचेतनामूलक सामाग्री बीचको प्रतिस्पर्धाले स्थानीयस्तरमा सकारात्मक सन्देश जाने बताउनुभयो । साथै उहाँले यस्ता कार्यक्रममा सहयोगका लागि टोल विकास संस्था सधै प्रतिबद्ध रहेको बताउनुभयो ।

.यस्तै,कार्यक्रममा लाली गुरास टोल विकास संस्थाका सचिव सुष्मा शिवाकोटीले कोरोना महामारीकाबीच पनि आयोजना हुन लागेको कार्यक्रमले महिला दिदीबहिनीहरुबीच आत्मियता कायम गर्नुका साथै संस्कृतिक जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयोे । यसैबीच कार्यक्रममा चौबीसकोठी टोल विकास संस्थाका अध्यक्ष टिकानाथ पौडेल,महादेव टोल विकास संस्थाका अध्यक्ष पूर्णकुमारी श्रेष्ठ, चक्रेश्वर टोल विकास संस्थाकाका अध्यक्ष मिरा खरेल, मगनी टोल विकास संस्थाका अध्यक्ष लेख बहादुर पुन लगायले मन्तव्य राख्नुभएको थियो । एफ.एमका अध्यक्ष रामेश्वर रिजालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा एफ.एमका कोषाध्यक्ष रामशरण बतौला, सदस्यहरुमा लक्ष्मण सापकोटा, कृष्ण जंग श्रेष्ठ,जीवनकुमार श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box