रत्ननगर । सौराहाका स्थानिय युवा हुन दिपेन्द्र श्रेष्ठ । श्रेष्ठ समाजसेवा भने पछि हुरुक्कै हुन्छ् । उनी बाल्यकाल देखिनै समाज प्रति घुलमिल भएका कारण पनि समाज सेवा र दिपेन्द्र एक अर्कामा परिपुरक जस्तै हुन । उनी स्थानिय स्तरमा निकै लोक प्रिय रहेका छन् ।

उनी सौराहा क्षेत्रमा समाजसेवा मुल भवना वोकेर स्थापना भएका प्राय सवै संघसंस्थामा सफलताका साथ सफल कार्यकाल सम्पन्न गरेरे उदाहरणीय युवाको रुपमा स्थापित भएका छन् ।

अहिले पनि गाउघरमा केहि भन्नु पर्यो भने मेरो उदाहरण दिदै अग्रजहरुले भनेको सुन्दा निकै खुसी साथसाथै आफुमा थप जिम्मेवारी आएको महशुस हुने गरेको वताउछन ।

श्रेष्ठले नेपालको तेस्रो पर्यटकिय स्थान सौराहामा आफ्नै व्यवसाय सञ्चालन गदै आउनु भएको छ । भने स्थानिय करिव एक दर्जन सामाजिक संघसंस्थामा आवद्ध भएर काम गरिरहनु भएको छ ।

श्रेष्ठ पर्यापर्यटनको क्षेत्रमा पनि सक्रिय रहेका छन । श्रेष्ठ क्षेत्रीय होटल संघ सौराहाका कार्यालय सचिव समेत हुन । उनी जीप सफारी ,घाँसे मैदान व्यवस्थापन लगायत पर्यापर्यटनको क्षेत्र संग पनि आवद्ध रहेका छन ।

उनै श्रेष्ठ नेपाल रेडक्रस सोसाईटी बछौली उप शाखाका कोषाध्यक्ष हुन । उनी उक्त संस्थाको विपत व्यवस्थापन समितिको संयोजक समेत रहेका छन । उनी यो कोरोनाको महामारीमा पनि स्थानियको घरदैलो सम्म पुगेर समस्या वुझदै समस्या समाधान गर्न व्यस्त रहेका छन् । उनै श्रेष्ठले तयार पारेको तथ्याङ्गको आधारमा रेडक्रस मार्फत हाल सम्म करिव ४ सय घरपरिवारलाई मात्र खाध्यान सामाग्री सहयोग गरिएको छ ।

उनी रेडक्रस मार्फत सञ्चालित एम्वुलेन्स सेवाको मार्फत सेवा दिन रातदिन नभनि सेवामा लागि रहेका हुन्छन् । अहिले उपशाखा चितवनकै उत्कृष्टि शाखाको रुपमा पुग्न पनि श्रेष्ठको योगदानकै कारण भएका वताउने गरेको छन ।

उनै श्रेष्ठ समग्र रत्ननगर क्षेत्रभित्र समाजिक सेवामा सक्रिय भएर अगाडी वढ्ने वताउनु भएको छ ।

Facebook Comments Box