रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन पाँच विधार्थी संगठनले आग्रह गरेका छन् ।

यसअघि रत्ननगर नगरपालिकाले २०७७ चैत ९ गते मोहना माविमा शैक्षिक सत्र २०७८÷२०७९को लागि कक्षा ११ विधार्थी भर्ना नगर्नु भनि विधालयलाई पठाएको पत्र प्रति गम्भिर ध्यानकर्षण भएको संयुक्त विधार्थी संगठनद्धार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विधालयको कक्षा ११ र १२ मा करिव ५० जना विधार्थी भएको अवस्थामा नगरपालिकाबाट विधालयमा आगामी शैक्षिक सत्रबाट कक्षा ११मा भर्ना नलिनु भनि पत्र पठाउनु नै गलत भएको विधार्थी संगठनका नेताहरुले वताएका छन ।

स्थानिय विपन्न,जनजाति,आदीवासी,सुकुम्बासी,दलित,गरिव एवं उत्पीडीत वर्ग शिक्षाको ज्योतिबाट बञ्चित गर्न खाजेको भन्दै नगरपालिकाले उक्त निर्णय तुरुन्त खारेज गरी २४ घण्टा भित्र नयाँ भर्नाको अनुमति प्रदान गर्न संयुक्त विधार्थी संगठनद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । २४ घण्टा भित्र माग संवोधन नगरे चरणवद्ध आन्दोलनमा जान वाध्य हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानिय अभिभावक तथा विधालयको तर्फबाट नगरपालिकामा पटक पटक ध्यानकर्षण पत्र बुझाउदा पनि स्थानियको माग प्रति नगरपालिकाले कुनै सुनुवाई नगरेको प्रति समेत आफ्नो गम्भिर ध्यानकर्षण भएको विधार्थी संगठनका नेताहरुले वताएका छन ।

संयुक्त विधार्थी संगठनको तर्फवाट नेपाल विधार्थी संगठनका नगर सभापति कल्याण अर्याल, अखिल क्रान्तिकारीका नगर संयोजक चोक वहादुर गुरुङ्ग,अनेरास्वयुका केन्द्रिय सदस्य एवं जिल्ला उपाध्यक्ष दिपक थापा, अनेरास्वयुका छैठौका नगर अध्यक्ष जीवन पौडेल ,समाजवादी विधार्थी युनियनका नगर अध्यक्ष शिव श्रेष्ठद्धारा जारी गरीएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments Box