चितवन / कोरोनाका कारण यति बेला सिनेमा बन्द रहेका छन् । अहिले नेपाली चलचित्र हलमा चल्न सकेको छैन् तर युट्युबमा भने धमामध रिलिज भइरहेका छन् । कोरोना त्रासका कारण हलमा चलचित्र नचलेपनि कतिपयले लकडाउन भरी आफ्ना फिल्म युट्युबमा रिलिज गरे । अहिले राजु अधिकारी निर्देशित चलचित्र ‘उल्झन’ युट्युबमा रिलिज भएको छ ।

विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको फिल्म ‘उल्झन’ युट्युबमा रिलिज भएको हो । आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ ।तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, बेनी ढुङगाना लगायतका कलाकारको अभिनय रहेको छ ।

नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत,कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारी आचार्यको लेखन छ ।

Facebook Comments Box