रत्ननगर । चितवनमा विहीवार १० औं विश्व हात्ती दिवस मनाइएको छ । चितवन रत्ननगर सौराहाका हात्ती व्यवसायीहरुले खैरहनी नगरपालिका १३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा १० औं विश्व हात्ती दिबस मनाएका हुन ।

सौराहाका पर्यटन व्यवसाय आम्दानी नभएर हात्तीलाई आहारको अभाव,माउते र फनितलाई मासिक तलब खुवाउन समस्या भइरहेको भन्दै हात्ती विस्तापित हुनबाट जोगाउन आग्रह गरेका थिए ।

चितवन राष्ट्रिय  निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ति संरक्षणमा निकुञ्जले विशेष ध्यान दिएको वताउनु भएको छ । व्यवहारिक रुपमा निरन्तर सहयोग रहे पनि अव कानुनी रुपमै हात्ति संरक्षणमा निकुञ्जले विशेष पहल गरेको वताउनु भएको थियो ।

Facebook Comments Box