चितवन : पूर्वी चितवनको रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले एमबीबीएस, इन्जिनियरिङ र एजिभेटको छात्रवृत्ति परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल देखिएका छ ।
पूर्वी चितवनमा मात्रै नभई जिल्लामा फरक पहिचानसहित उत्कृष्ट नतिजा दिदै आएको न्यू क्यापिटलका विद्यार्थीहरुले बर्ष जिल्लाकै सबै भन्दा धेरै छात्रवृत्ति पाउन सफल समेत भएका छन् ।िजल्लाकै उत्कृष्ट नीजि शैक्षिक संस्थाको रुपमा परिचित न्यू क्यापिटल कलेजले विगतको आफ्नो शैक्षिक प्रगतिको रेर्कड तोड्न सफल भएको हो । विज्ञान र व्यवस्थापन संकायमा विगत एक दशदेखि उत्कृष्ट नतिजा दिदै आएको यस कलेजले यस पटक पनि आफ्नो नयाँ रेर्कड कायम गरेको छ ।

जिल्लाकै उत्कृष्ट न्यू क्यापिटल कलेजको विद्यार्थी मैत्री शिक्षण सिकाईका कारण हरेक वर्ष आफुहरुले गरेको प्रयास र विद्याथीहरुको मिहिनेतबाट नै सफलता पाएको कलेजका प्रचार्य भूपेन्द्र धितालले जानकारी दिए ।

कलेजले दिएको जानकारी अनु्सार यो बर्ष मात्रै चिकित्सा शिक्षा आयोगद्वारा २०७८ सालमा लिइएको एमबीबीएस⁄बीडीएस⁄बीएमएलटी प्रवेश परीक्षामा कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याई पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन । यो कलेजका प्रशान्त पनेरु र अनुस्का त्रिपाठीले एमबीबीएसमा छात्रृत्ति पाएका हुन् । जस मध्ये पेनले ११ औँ स्थानमा नाम निकालेका हुन् ।

यस्तै विईमा १० जना, फोरेष्टी एजीमा १४ जना, भेटमा १ जना र वि फर्मामा १ जनाले उत्कृष्ट नतिजा ल्याई छात्रवृत्ति ल्याउन सफल भए । सफल छात्रछात्राहरुलाई कम्यूनिकेशन, कन्फिडेन्स, कोल्याब्रेसन, क्रियाटिभिटी क्रिटिकल थिङ्किङ फाईभ सि एस प्रिन्सिपललाई घनिभूत हृदयाङ्गगन गरि अलग पहिचानसहित समाज र देश सेवामा समर्पित हुन् विद्यार्थीहरुलाई प्रेरणसगैँ शुभकामना व्यक्त समेत प्रचार्य धितालले दिए ।

हामी बोलेर भन्दा गरेरै देखाउन पर्छ भन्ने मान्यता राख्दछौँ प्रचार्य धितालले भने, समयसापेक्ष व्यवहारिक ज्ञानसहितको शिक्षा दिएको विद्यार्थीहरुकै नतिजाले स्पष्ट पारेको छ । उनले आफहरुले उत्कृष्ट नतिजाका लागि आवशउयकता अनुसार तयारी कक्षालाई हरेक बर्ष नयाँ पद्धती अपनाउर्दै आएको समेत प्रष्ट पारे ।

गत साल मात्रै विगतदेखि न्यू क्यापिटल आफ्नो ईतिहासलाई क्रमश रेर्कड तोड्दै गएपछि अभिभावकहरु समेत खुसी भएका छन् । यसअघि गत साल जिल्ला द्धितिय अनिश धमला, २०७४ मा शुभम् धरेल जिल्ला प्रथम अनि २०७४ मा नै स्वस्तीका श्रेष्ठ ९वयो ग्रुप० नेपाल प्रथम भएका थिए ।

Facebook Comments Box