चितवन । रत्ननगर नगरपालिका वडा नं. ८ ले बुधबारदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको छ ।

घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेकोे वडाले बाघमाराटारमा आफ्नै भवन निर्माण सम्पन्न गरि बुधबारदेखि सेवा सुरू गरेको छ ।

बुधबार रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्तरुपमा वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो ।
वडा कार्यालय भवन निर्माणको लागि जिल्ला समन्वय समितिको ३५ लाख र रत्ननगर नगरपालिकाको २० लाख ९६ हजार गरी ५५ लाख ९६ हजारको लगानीमा तीन कोठे भवन निर्माण गरिएको वडा सचिव खगनाथ पराजुलीले जानकारी वताए ।

वडाध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, वडा नं ८ की वडा सदस्य गोकर्णकुमारी महतो, भवन निर्माण समितिका सदस्य ईश्वर अधिकारी, नेकपा एमालेमाका पुष्पराज मरहठ्ठा, नेपाली कांग्रेसका शिवप्रसाद आचार्य, वडास्तरीय मेलमिलाप समितिका संयोजक मोहनप्रसाद अधिकारी, समाजसेवीहरु एकनारायण पौडेल, प्रेमकुमार थपलिया लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा वडा सदस्यहरु नेत्र गिरी, भोले महतो, कुमारी विश्वकर्मालगायत टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Facebook Comments Box