पुजन लामिछाने
चितवन । रोटरी क्लव अफ पूर्वी चितवनले खैरहनी नगरपालिका वडा नं ३ मा रहेको चन्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरेको छ ।

सो विद्यालयका गरिब तथा जेहेन्दार १४० जना विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष राममणि न्यौपानको अध्यक्षता तथा रोटरी क्लवका असिष्टन गर्भनर नारायण प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा रोटरी क्लवका पदाधिकारी,सदस्य,विद्यालय प्रधानाध्यापक,शिक्षा तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको क्लवका सचिव पुजन लामिछानेले जानकारी दिए ।

Facebook Comments Box