चितवन । चितवनको रत्ननगरमा शिक्षकहरुको रिले अनसन शुक्रबारदेखि सुरु भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न ३४ बुँदे मागहरु राखेर शान्तिपूर्ण रिले अनसन सुरु गरिएको हो । खासगरी शिक्षकहरुका पेशागत हकहित र अधिकारसंगै बिगतमा सरकारसंग भएका सम्झौताहरु कार्यान्वयन र पारित गराउन दबाब स्वरुप आन्दोलन अगाडि बढाउन लागिएको शिक्षकहरुको भनाइ छ ।

अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ सामुहिक तवरले रत्ननगर नगरपालिकाको कार्यालय परिसरमा शिक्षकहरुले रिले अनसनद्वारा धर्ना दिएका छन ।

Facebook Comments Box