काठमाडौ । यही १२ गतेका लागि तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । शनिवार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

वडा अधिवेशनको नयाँ मितिबारे आजको बैठकमा निर्णय नभएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए । बैठकले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनमा बसेकाहरुसंग वार्ता गर्न सहमहामन्त्री डा। प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा। रामशरण महतलाई जिम्मेवारी दिएको छ ।

Facebook Comments Box