१७ असोज, काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ण्डले तीन पार्टीबीच भएको गठवन्धन कांग्रेसविरुद्ध नभएको बताएका छन् ।

एमाले, माओवादी र नयाँ शक्तिले आगामी चुनावमा तालमेल गर्दै पार्टी एकता गर्ने ६ बुँदे सहमति गरेका छन् । एउटै कम्युनिष्ट पार्टी बनाउने यो सहमति ऐतिहासिक भएको तर, कांग्रेसविरुद्ध नभएको नेताहरुले बताएका छन् ।

माओवादी वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्ता गठवन्धनको दोस्रो ठूलो साझेदार हो ।

माओवादी अध्यक्ष प्रचण्डले यो गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएका बताए । उनले भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’
लगतै सम्बोधन गरेका एमाले अध्यक्ष केपी ओलीले पनि आफूहरुको सहमति कसैको विरुद्ध नभएको बताए । उनले भने, ‘यो देश बनाउने कुरा हो, कसैले झस्किनु पर्दैन ।’

Facebook Comments Box