चितवन ।माडीमा बजारमा होण्डा Grazia Bsvi को स्कुटर सेवा सुचारु गरिएको छ । बरुवा बजारमा रहेको एस के मोटर्सले नयाँ ब्रान्डको स्कुटर बजारमा ल्याएको हो । आकर्षक र स्टाईलस लुक सहित रहेको १२५ सिसि नयाँ Bsvi मोडलमा ब्यबहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि डिफाइन गरिएको छ ।

१५५ एमएम देखि १७१ एमएम ग्राउन्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर समेत राखिएको छ । साथै तेल खपत हुनुका साथै बाताबरण प्रदुषण हुनबाट समेत जोगाउने यसका प्रोपाइटर एबम समाजसेबी सन्जय महतोको भनाइ छ । उनका अनुसार, स्कुटरले दिने रियल टाइम माइलेज एभरेज माइलेजको साथै डिस्टयान्स टु एमप्टि जस्ता जानकारीहरु सहजै प्राप्त गर्न सकिने छ ।

साथै साइड इन्जिन अफ फिचर ACG सहितको साइलेन्ट स्टार्ट, ESP टेक्नोलोजीको साथ HET इन्जिन जस्ता अन्य बिभिन्न उपयोगी विशेषताहरु समेत रहेको र बजारमा अहिले यसको नेपाली बजारमा Grazia Bsvi Drs मोडलको मुल्य रु २ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको र अर्को Grazia Bsvi Dss मोडलको मुल्य रु. २ लाख ८९ हजार ९ सय रहेको छ । उक्त नयाँ ब्रान्डको स्कुटर लन्च कार्यक्रममा माडीका ब्यबसायी एबम समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण युवा ब्यबसायी एबम समाजसेवी टिआर सुबेदीले गरेका थिए ।

Facebook Comments Box