काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नु भएको छ । देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका सञ्चार सल्लाहकार टिका ढकालले जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको थियो ।

Facebook Comments Box