रत्ननगर । कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला निजी विद्यालयले भने अनलाई कक्षा लगायत विभिन्न शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र​)  निकट विधार्थी संगठन अखिल क्रान्तिकारी रत्ननगर नगर कमिटिल आफ्नो गम्भिर ध्यानकर्षण भएको सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला विभिन्न वहान वनाई निजि विधालयहरुले शुल्क उठाएको भन्दै उक्त कार्य लकडाउन सहज नभए सम्मलाई रोक्न माग गरेको अध्यक्ष चोक बहादुर गुरुङ्गले वताएका छन् । विधार्थी संगठनको मागलाई सुनुवाई नगरे असार २९ गतेवाट निजि विधालयको लेखा शाखामा ताला वन्दि गर्ने कार्यक्रम रहेको उनले वताए ।

Facebook Comments Box