रत्ननगर । चितवन सौराहाका नेचर गाइडहरुले सरकारसँग कोरोना विरुद्धको खोप माग गरेका छन । पर्यटकीय गतिविधिमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पर्यटनकर्मीका हिसाबले नेचर गाइडहरुले खोप लगाउन पाउनुपर्ने माग गरेका छन ।

नेचर गाइड एसोसियसन चितवनले शनिबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी नेचर गाइडहरुलाई खोप उपलब्ध गराउन माग गरेका हुन ।

एसोसियसनका अध्यक्ष राजेन्द्र धामीका अनुसार टुर र ट्रेकिङ गाइडहरुलाई सरकारले खोप लगाइसकेको भन्दै नेचर गाइडहरुलाई पनि तत्काल खोप लगाउने व्यवस्था मिलाउन माग गरिएकोे बताए।

एशोसिएसनका पूर्वअध्यक्ष उदयचन्द्र अर्यालले कोभिडका कारण गाइडको रोजगारी गुम्दा गाइडले अन्य ज्यालादारी काम गरेर जिविकोपार्जन गरिरहेको बताए । पर्यटन गतिविधि सञ्चालन भएको बेला उनीहरुले न्यूनतम ३० हजारदेखि अधिकतम ७० हजारसम्म मासिक आम्दानी गर्ने गरेको उनले वताए ।

चितवनमा नेचर गाइडहरुको संख्या ७०० रहेको र पछिल्लो समय क्रियाशील गाइडहरुको संख्या करिब ५०० रहेको छ। सौराहाको पर्यटनमा लगभग ४०० जना नेचर गाइडहरु कार्यरत छन ।

Facebook Comments Box