रत्ननगर । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो ।

मकै उत्पादन प्रर्बद्धन कार्यक्रम अन्तर्गत रत्ननगर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर,रोडाभेटर,हाइरो,बीउ राख्ने र मल छर्ने मेसिन,थ्रेसर,टेलर र च्यापकटर मेसिन गरिएको छ । ट्याक्टर सहित अन्य उपकरणलाई ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अतार्थ १५ लाख रुपैयामा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिए । पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा च्यापकटर मेसिन,रत्ननगर ११ का किसान इश्वरी चौलागाई र रत्ननगर ३ का किसान दर्शन महतोलाई एक एक वटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको छ ।

त्यसैगरी सहयोगी कृषक समुह रत्ननगर ११ लाई मकै छोड्याउने ३ वटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११,किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोड्याउने एक एक वटा मेसिन प्रदान गरिएको लामाले बताए । त्यसैगरी सहयोगी कृषक समुह र किसाज युवराज शर्मालाई एक एक वटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ । रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सहकारी तथा कृषि समुहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर नारायण वनले किसानालाई व्यवायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले चासो नदिएको बताए । ५० प्रतिशत अनुदानमा उपकरण दिँदा पनि किसानहरु लिन नचाहेकोे उनको भनाई छ । सित्तैमा पाए लिने उनले भने अनुदानमा दिँदा लिन नमान्ने हाम्रा किसानहरु हुनुहुन्छ ।

मेयर नारायण वनले सहकारी र कृषि समुहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता दिने बताए । अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्छ उनले भने ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता दिने छ । उपमेयर विमला दुवाडीले रत्ननगर व्यवसायिक कृषिमा आधारित नगर भएकाले यहाँका सबै किसानलाई व्यवसायीमुखी बनाउने बताइत । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले कृषि क्षेत्रको विकासका लागि आधुनिक खेती प्रणालीमा रुपान्तरण जरुरी रहेको बताए । कार्यक्रममा आर्थिक विकास समितिका सदस्यहरु सरस्वती लामा,रमा भट्टराई,कृषि शाखाका बासुदेब खनाल,शोभाखर रिमाल लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box