काठमाडौ । मनसुन न्यून चापिय प्रणालीका कारण हाल देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ। आगामी हप्ता सम्म नै मनसुन सक्रिय भई देशका धेरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा  सबै प्रदेशका केहि-केही स्थानहरुमा भारी वर्षा/ धेरै भारी वर्षाको सम्भावना  छ।
देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम विभागकले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

२०७८ असार २५गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  भने सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २६ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।। 

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । 

 

२०७८ असार २७ गते आईतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी  वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध छ 

Facebook Comments Box