काठमाडौं । आन्तरिक विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक मंगलबार आज पनि वस्ने भएको छ । । सोमबार साँझ सिंहदरबारमा सम्पन्न बैठक आज दिउँसो पुनः बस्ने गरी टुंगिएको थियो । ।

जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि सोमबारदेखि औपचारिक छलफल शुरु गरेको हो । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहनु भएको छ । भने वरिष्ठ नेता माधव नेपालका तर्फबाट सुरेन्द्र पाण्डे , भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन ।

Facebook Comments Box