अजित अधिकारी
चितवन । माडीमा अस्ट्रिया तथा छाँया नेपालद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।अस्ट्रियामा कार्यरत श्रीमान श्रीमती माया मुलर लामा र इलमर मुलरको सहयोगमा सो सामाग्री उपलब्ध गराइएको हो । माडी १ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल र वडा सदस्य एबम समाजसेबी अमित लामाको नेतृत्वमा आज बघौडा अस्पताललाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ । यसैगरी समाजसेबी लामाका अनुसार, स्वास्थ्य सामाग्री संगै बेडहरु सहयोग गरिएको हो ।

जसअनुरुप टेष्टकिट २०० पिस, पिपिई सेट ४० पिस, थर्मोमिटर १ पिस, सर्जिकल ग्लब ३ प्याकेट, स्यानिटाइजर १० लिटर, सफ्टह्यन्ड २० पिस केएन 95 ५० पिस मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । यसैगरी गर्दी स्वास्थ चौकी केन्द्र बरुवामामा जिर्ण अबस्थामा रहेको भबन र माडी नगरपालिका ९ स्थित गणेशकुन्जामा गतबर्ष अगाडि स्थानीय हिमाल गुरुङ्गको घर आगलागी हुँदा क्षती भएको हुँदा घर निर्माण र स्वास्थ्य चौकी निर्माणका लागि क्रमश २ लाख र २ लाख ५० हजार सहयोग गर्ने समाजसेबी माया मुलर लामाले प्रतिबद्द्ता जाहेर गरेकी छन ।

स्वास्थ्य सामाग्रीहरु आज नै माडीका विभिन्न क्षेत्रहरुमा पुर्याउन लागिएको समाजसेवी एबम वडा सदस्य अमित लामाले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी लगाएतको सहभागीता रहेको थियो ।

Facebook Comments Box