रत्ननगर । गएको १७ गेत विहिवार वुढी राप्ती र राप्तीमा आएको वाढीवाट प्रभावित ३३ परिवारलाई राहात स्वरुप शुक्रबार खाद्य सामग्री वितरण गरेका छन ।

चितवनको रत्ननगर नगरपालिका वडा नं ६मा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीलेको समन्वयमा लायन्स क्लब अफ चितवन सौराहा,लायन्स क्लब अफ वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबाको सहयोगमा राहत वितरण गरिएको उप शाखाका निवर्तमान सभापति एवं उपशाखा अन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणी खनालले वताए ।

उपशाखा बछौलीको पहलमा ओद्रा, बाघमारा र मालपुरका ३३ बाढी पीडित तथा अति विपन्न परिवार लाई खाद्य सामग्री वितरण गरिएको उपशाखाका कोषध्यक्ष एवं विपत व्यवस्थापन समितिका संयोजक दिपेन्द्र श्रेष्ठले वताए ।

३३ बाढी पीडित तथा अति विपन्न परिवार लाइ प्रति परिवार १ बोरा चामले नुन, दाल र तेल सहयोग गरेको उपशाखाका सचिव मनोज चौधरीले बताए । विभिन्न संघ संस्था एवं व्यक्तिहरुवाट प्राप्त गरिएको सहयोग रकमवाट उपशाखाको कार्य क्षेत्र भित्र सहयोग गर्दै आएको छ ।

Facebook Comments Box