चितवन । बिगत लामो समयदेखि बोनम्यारो समस्याबाट पीडित माडी ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी युनिक ढकाललाई आज उपचारका लागि काठमाडौंतर्फ प्रस्थान गरिएको छ ।

माडी नगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्स मार्फत उनलाई काठमाडौं पठाउन लागिएको माडी ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार, उपचारका लागि डाक्टरले दिएको सल्लाह अनुसार, झन्डै १५ लाख रकम लाग्ने भएको र अहिले झन्डै १० लाख रकम सहयोग स्वरुप जम्मा भएपछि उपचारका लागि काठमाडौं पठाइएको हो ।

युनिकको उपचारमा काठमाडौं प्रस्थान गराउनको लागि वडा अध्यक्ष बालकृष्ण सापकोटा सदस्य जगन्नाथ लामिछाने लगाएतका सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । भने युनिकको उपचारका लागि उनकी आमा सीता ढकाल र दिदी अहिले एम्बुलेन्समा काठमाडौं जाँदै छन ।

Facebook Comments Box