अजित अधिकारी
चितवन । बिगत लामो समयदेखि बोनम्यारो अर्थात रगतको समस्याबाट प्रताडित भएका माडी ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी युनिक ढकालको परिवारलाई परिवर्तनका लागि युवा अभियान भन्ने संस्थाले संकलन गरेको आर्थिक सहयोग आज परिवारलाई हस्तान्तरण गरेको छ ।

वडा अध्यक्ष बालकृष्ण सापकोटाको आतिथ्यतामा सो रकम हस्तान्तरण गरिएको हो । शिक्षक, नागरिक तथा विभिन्न पेशामा क्रियाशिल सामाजिक ब्यक्तित्वहरुबाट २ लाख ३० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको परिवर्तनका लागि युवा अभियानकी कोषाध्यक्ष सुनिता तिमिल्सिनाले चितवन अनलाईन खबरसंग बताइन् । उक्त कार्यक्रममा स्वास्थ्यकर्मी एबम सो अभियानका संयोजक सफल गौतम, पत्रकार बिजयराज काफ्ले, सुर्यमान शाह लगाएतका सामाजिक अभियान्ता एबम सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box