चितवन । हेल्प डेक्स खैरहनी र ग्रीन सोसाइटी नेपालको संयुक्त आयोजनामा मकवानपुर जिल्लाको राक्सिराङ्ग गांउपालिका वडा न ५ र ८ मा राहत सामग्री खाध्यन्न वितरण गरेको छ |

कार्यक्रममा ५१ घरधुरिका चेपाङ्ग घरपरिवारमा प्रति घर २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, २ पोका मस्यौरा प्रदान गरिएको थियो ।

यस अघि चितवन र मकवानपुरको सिमानामा पर्ने राक्सीराङ गाउँपालिका वडा -६ सिलिङ्गे गाँउका चेपाङसहित विपन्न ४ सय ५० घरधुरीलाई खाद्यान्न सहयोग गरिएको थियो |

Facebook Comments Box