रत्ननगर । बछाैली स्वास्थय चाैकीलाई नेपाल रेडक्रस सोसाईटी उपशाखा बछाैलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

स्वास्थय चाैकी प्रमुख केशव पाैडललाई रेडक्रसका निवर्तमान सभापति एवं नागरिक सहायत कक्षका संयाेजक  राममणी खनाल , उपशाखा सभापति सुवास विडारी , कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

रेडक्रसले अक्सिजन कन्सनट्रेटर , पीपीई सेट  र सर्जिकल मास्क लगायतका सामाग्री स्वास्थय चाैकी प्रमुख केशव पाैडेललाई हस्तान्तरण गरेको छ । स्वास्थय चाैकी प्रमुख केशव पाैडेलले स्वास्थ्य सामाग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिनुभयो ।

Facebook Comments Box