अजित अधिकारी
चितवन । माडीको बघौडा अस्पताललाई आज एनआरएन बेल्जियम रोटरी क्लब रत्ननगर टाँडी र महेश मेडिसिन सेन्टर भरतपुरको संयुक्त योजनामा स्वास्थ्य सामाग्री बितरण गरिएको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको आतिथ्यतामा सो स्वास्थ्य सामाग्री ने।रे।सो। प्रादेशिक रक्तसन्चार केन्द्र चितवनका प्रमुख रमेशकान्त पौडेल र उपमन्त्री शालिग्राम पौडेलले नगर प्रमुख ढकालद्वारा डा.आलोक कुमारलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेका हुन ।

सामाग्री सहयोग एनआरएन बेल्जियमले १ थान कन्सलटेन्सी, रोटरी क्लब टाँडीले २ थान ह्विलचियर, मास्क र स्यानिटाइजर क्रमश ८०० पिस १०० m को २० पिस स्यानिटाइजर उपलब्ध गराएका थिए । कार्यक्रममा ने।रो।सो। नारायणगढ उपशाखाका राजकुमार गुप्ता, बघौडा उपशाखाका सभापति भागिरथ बस्याल, सचिब नेत्रबन्धु पोख्रेल, माडी ५ का वडा अध्यक्ष रामबन्धु पोख्रेल, बसन्तपुर बजार ब्यबस्थापन समितीका अध्यक्ष शशिधर बराल लगाएत विभिन्न सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box