रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १३ को शुब्बाचोक र वडा नं १४ को डुम्रीचोकमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । लियो जिल्ला परिषद् ३२५ बी २ नेपालको एरिया ३ द्धारा सञ्चालिन सप्ताह व्यापी रक्तदान कार्यक्रम अन्र्तगत लियो क्लव अफ राइनो रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा ८ जना महिला सहित ६६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक नवीन थापाले जानकारी दिए ।

शुब्बाचोकमा ३६ र डुम्रीचोकमा ३० जनाले रक्तदान गरेका छन् । लियो क्लवका पाष्ट डिष्ट्रिक प्रेसिडेन्ट अमित गुप्ता प्रमुख अतिथि रहेको सो कार्यक्रममा लायन्स तथा लियो क्लवका अगुवाहरु निरज श्रेष्ठ,शिवलाल पुरी,विकास पुरी,पुरुषोत्तम सुवेदी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम लियो क्लव अफ राइनो रत्ननगरका अध्यक्ष दीपक काप्रीको अध्यक्षतामा भएको थियो ।

 

 

Facebook Comments Box