काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय हुने बित्तिकै शुरु भएको झरी अझै केहि दिन जारी रहने महाशाखाले जनाएको छ । आज प्रदेश–१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज र भोलि गण्डकी, वागमती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box