काठमाडौ । पूर्व प्रधानमन्त्री एवं एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

‘खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण नर्भिक अस्पतालमा थापाथलीमा भर्ना हुनुभएको ’, खनालको सचिवालयले जानकारी दिएको छ ।

खनाललाई यसअघि कोरोना संक्रमण समेत भएको थियो। संक्रमणमुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए।

Facebook Comments Box