रत्ननगर । दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेका छन ।

चितवनको रत्ननगर नगरपालिका वडा नं ६मा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीले,रत्ननगर–५मा रहेको मगर टोलमा बसोवास गर्ने स्थानियहरु जो लकडाउनको समयमा काम गर्न नपाएका कारण बिहान बेलुकी छाकनै नटर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । अफ्ठेरो परिस्थितिमा राहत स्वरुप सामग्री सहयोग गरिएको उप शाखाका निवर्तमान सभापति एवं उपशाखा अन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणी खनालले वताए ।

उपशाखा बछौलीको पहलमा ऋतु वाईबा र शिव राणा मगर दम्पतीले ५० अति विपन्न परिवार लाई खाद्य सामग्री वितरण गरिएको सभापति सुवास विडारीले वताए ।

ऋतु वाईबा र शिव राणा मगर दम्पतीको आर्थिक सहयोगमा आईतबार ५० परिवारलाई प्रति परिवार १ बोरा चामले नुन, दाल र तेल सहयोग गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । विभिन्न संघ संस्था एवं व्यक्तिहरुवाट प्राप्त गरिएको सहयोग रकमवाट उपशाखाको कार्य क्षेत्र भित्र आईतवार सम्म आईपुग्दा २५० भन्दा वढी परिवारलाई सहयोग गरिएको श्रेष्ठले वताए ।

Facebook Comments Box