चितवन । युवा व्यवसायी तथा समाजसेवी पुरू खनालले सामाजिक कार्यलाई तीव्र पारेका छन् । पोल्टी व्यवसायमा अब्बल रहेका खनालले आज फेरि पुर्वी चितवनको खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घर परिवारलाई राहत वितरण गर्नुभएको छ । व्यवसायसगै सामाजिक अभियान्ताका रूपमा समेत आफुलाई अग्रसर बनाईरहनुभएका खनाल यहाँका विपन्नलाई १ महिनाका लागि पुग्ने गरि चामल,दाल, नुन र तेलसहित प्याकेज राहत वितरण गरेको हुन् ।

हामी व्यवसायी हौं, व्यवसाय मात्र होईन् सामाजिक कार्य र हाम्रो उत्तरदायित्व प्रती म सजक छु उहाँले भन्नुभयो, लकडाउनले सबै मारमा पर्नुभएको छ, हामी सक्ने नसक्नेलाई सहयोग गर्ने हो । छ र त दिनसकेको हुं । उघोग वाणिज्य संघ रत्ननगरका उघोग तर्फका उपाध्यक्ष समेत रहेका खनाल नेपाल ह्ययाचरी उघोग संघका सहसचिव समेत रहेका छन् ।

विगतमा समेत पुरू खनालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न दिन दुःखी र गरिबलाई सहयोग गर्दै आएका छन् । यो राहत वितरण अभियानसगै खनाल लकडाउन र कोरोना भईरसका कारण समस्यामा परेका अन्यलाई समेत सहयोग गर्ने उद्वघोष गरेका छन् । उहाँले आज यो सहयोग खैरहनी हेल्प डेक्स मार्फत विपन्न समुदायको घरमा नै पुगेर सहयोग गरेका छन् । कार्यक्रम खैरहनी हेल्प डेक्सका अभियान्ता एवंम् गेट एफएमका अध्यक्ष रामेश्वर रिजाल, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, अभियान्ता सानू केसी, पुर्ण बोहरा, शान्तामाणि नहरकी, रामजि कुवंर लगायतको सहभागीता थियो । यसअघि मात्र खनालले चितवनका पत्रकारलाई प्रेस संगठन नेपाल चितवन शाखा मार्फत ५ हजार थान माक्स र १ सय थान सेनिटाईजर सहयोग गरेका थिए ।

Facebook Comments Box