अजित अधिकारी
चितवन । कसको मन रुदैन होला र, यो हृदयबिदारक आवाज सुन्दा, म नै आज भाबबिह्वल भए । सानो बाबु युनिकको बोलि सुन्दा, उसले बोलेको सुरिलो आवाजमा मलाई बचाइदिनुहोस् भनेको आवाज सुन्ने बित्तिकै मेरो आँखा रसाए । बाबुको अन्तरबार्ता लिन गएको म आफैं बोल्न सकिन । भगवान् पनि कति निर्दयी रहेछन । कसको पो के बिराएको होला र युनिकले आज उसलाई यति धेरै पिडा, सानो बाल्यकालमा कति धेरै चाहना थियो होला । पढ्ने, लेख्ने, अनि खेल्ने तर उ चाहना हुदाहुँदै पनि उ त्यति धेरै खेल्न सक्दैन ।

उसको चाहना छ मलाई छिटै निको होस् अनि सबैले मलाई सहयोग गरिदिउन भन्ने उसको मनमा छ । हे भगवान् म चाहन्छु उसलाई छिटै निको होस् अनि छिटै आर्थिक रकम जुटोस् । प्रिय दर्शक श्रोता यो भाबबिह्वल बेदना माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी युनिककी आमा सीता ढकाल छोराको उपचारका लागि सबैसंग सहयोगको अपेक्षा गर्दै, बिगत लामो समयदेखि उनका छोरा युनिक रगतको समस्यामा छन । बोनम्यारो प्रत्यारोपण गर्न डाक्टरको सल्लाह अनुसार १५ लाख लाग्ने भएपछि सबैसंग सहयोगको अपिल गर्दै सीता ढकाल

 

Facebook Comments Box