अजित अधिकारी
चितवन । यो धर्तीमा जन्म लिइसकेपछि जस्तो भएपनि सहनु पर्ने रहेछ । कसलाई चाहना हुदैन होला र परिवारमा राम्रो होस् सुख शान्ति होस् भन्ने तर भाग्यले नदिएपछि कसैको केहि लाग्दो रहेनछ । सायद तपाईंपनि यो समाचार पढ्दा या सुन्दा तपाईंको मन भक्कानिएर आयो होला, हो यस्तै सबैको मन नै रुवाउने पिडादायी बास्तबिक बेदना माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी यम बहादुर ढकालका छोरा बर्ष ७ का युनिक ढकालको हो । उनी विगत लामो समयदेखि बोनम्यारो समस्याबाट पिडित छन । उनकी आमा सीता ढकाल भन्छिन, के गरुँ बुढेसकालको छोरा नै आज बिरामी भएर मृत्युसंग छटपटाइरहँदा मन अत्तालिएर आएको बताइन् । डाक्टरको सल्लाह अनुसार, उपचार गर्न १५ लाखसम्म लाग्ने भएपछि यत्रो खर्च कहाँबाट कसरी जुटाएर उपचार गरुँ घरको आर्थिक अबस्था छैन । यहि चिन्ताले गर्दा, न रातमा निन्द्रा लाग्छ, न दिउँसोमा भोक छ । भन्दै चितवन अनलाईन खबरसंग भाबबिह्वल हुँदै दुखेसो पोखिन । उनी रुदै भन्छिन, यसरी आर्थिक अबस्थाले सताएपछि श्रीमान छोराको उपचारका लागि बिदेशमा गएर दुई चार पैसा कमाएर उपचार गरौंला भन्ने उदेश्यले बिदेशमा गएको बताइन् । गहभरी आँसु पार्दै, मेरो छोरालाई बचाइदिनुस म तपाईंहरुको आशामा छु । युनिककी आमा भन्छिन् मेरो छोराले संसार देख्यो भने तपाईंहरुलाई धर्म हुनेछ । उनको बेदना सुनेपछि अहिले युनिक ढकाल बचाउँ अभियान सुरु गरिएको छ ।

बालक युनिककी आमा सीता ढकालले आफ्नो छोराको उपचारमा सहयोग गर्न सबैमा अपिल गरेपछि आर्थिक रकम संकलन गर्नका लागि अभियान सुरु गरिएको हो । उपचारका लागि सबैसंग स्वच्छिक सहयोगको अपेक्षा गरिएको सो अभियानकी अगुवा देबिका कुँवरले बताइन् । अहिले हालै फेसबुकमा युनिक ढकाल बचाउँ अभियान सुरु गरिएको र सोही अभियानबाट सहयोग रकम जम्मा हुन थालेको उनको भनाइ छ । समयमा नै उपचार गर्न सके बालकको रोग निको हुने भएकाले मानबहितका लागि सबैसंग सहयोगको अपेक्षा राखिएको जनाइएको छ । सहयोगका लागि सहयोगी महानुभाबहरुले युनिक ढकालका लागि बसन्तपुरमा रहेको कृषि बिकास बैंक शाखा कार्यालय वा बिरामी बालकको बारेमा बुझ्न वा सहयोग गर्न युनिककी आमा सीता ढकालको मोबाइल ९८६२५५६८०८ मा फोन गरेर बुझ्न र युनिक ढकाल बचाउँ अभियानमा साथ दिन सबैमा अपिल गरिएको छ ।

Facebook Comments Box