अजित अधिकारी
चितवन । माडीमा गतबर्ष अगाडि गरिएको शिवरात्री मेलाको आयब्यय विवरण आइतबार पत्रकार सम्मेलनद्वारा सार्बजनिक गरिएको छ । मेला मुल आयोजक समितिले सार्बजनिक गरेको प्रतिबेदन अनुसार मुनाफा भएको रकम थारु भबन निर्माणमा लगाइएको छ ।

मेलामा विभिन्न शिर्षकहरुबाट करिब ७ लाख ४५ हजार आम्दानी भएकोमा करिब ६ लाख ८ हजार खर्च भएको जनाइएको छ । आयोजकका अनुसार, १ लाख ३७ हजार ५ सय ८९ रुपैयाँ थारु भबन निर्माणमा खर्च गरिने भएको हो ।


माडी नगरपालिकाको प्रबर्द्धक एबम स्टार स्पाेटस क्लबको सह आयोजनामा भएको सो मेलामा थारु कल्याणकारी सभा, आदीबासी जनजाती महासंघ सहयोगी संस्थाको रूपमा रहेका थिए ।


सो मेलाको मुख्य नारा “मेलाको साभार, संस्कृति र पर्यटनको आधार” भन्ने रहेको थियो । ३ दिन सम्म संचालन भएको सो मेला बरुवा बजार स्थित स्टार खेल मैदानमा भएको थियो ।

Facebook Comments Box