सीमा हुमागाई
चितवन । कोरोना एक नयाँ प्रजातिको भाइरस हो जसलाई विश्व स्वास्थ्य संगठनले  कोभीड-१९ को नाम दिएको छ । सन २०१९ को डिसेम्बरमा चिनबाट सुरु भएको भाइरस अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको छ । अहिले विश्वभरी कोरोना भाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभीड-१९को त्रास छ । अधिकांश विश्वका मानिसहरु अत्यावश्यक गतिविधिहरुमा मात्रै सिमित भएका छन् ।

कोरोनले स्वास्थ , शिक्षा , कृषि र विभिन्न व्यवसायहरुलाई असर गर्नुका साथै यसले देशको अर्थतन्त्र नै कमजोर बनाएको छ । यतिबेला विश्वकै शैक्षिक क्षेत्रले पनि भयावह स्थिती भोग्नु परेको छ । देश- विदेशका अधिकांश स्कुल, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन्। जसले गर्दा लाखौं विद्यार्थीहरुको दैनिक पठन पाठन र नियमित परीक्षाको तालिका बिग्रीएको छ ।जसका कारण परीक्षा तयारीमा रहेका हजारौं विद्यार्थीहरु आफ्नो शैक्षिक भविस्यमाथि चिन्तित भएका छन्। सथ- साथै यसले विद्यार्थी वर्गको मनोबैज्ञानिकमा समेत असर पारेको छ । अहिले आधुनिक प्रविधि र उपकरणको प्रयोगले ( इ – लेअर्निङ , भर्चुअल क्लास ) दैनिक पठनपाठान सुरु भएको छ तर त्यती लाभदायिक भने देखिएको छैन यसले सहर र निजी क्षेत्रमा रहेको विद्यार्थी वर्गलाई केहि लाभ दिएता पनि ग्रामीण क्षेत्रमा रहेका विद्यार्थी वर्गलाइ निकै कठिन बनाएको देखिन्छ । जस्ले गर्दा मुलुकको शुखद भविस्य संकटपुर्ण अवस्थामा पुगेको छ ।आधुनिक प्रबिधिहरुको प्रयोगले गर्दा विद्यार्थी हरुमा पढ्ने जाँगर हराउँदै गएको छ ।जसका कारण बीचमै पढाइ छाड्ने क्रम पनि बढीरहेको देखिन्छ ।शैक्षिक प्रणाली निकै कमजोर हुँदै गइरहेको हुँदा विद्यार्थी वर्गको भविस्यनै जोखिममा रहेकोे छ । विद्यार्थी आन्दोलनको धरोहर होइन , रोल मोडल पनि होइन , आइकन पनि होइन , कसैको आस्था र विस्वास केन्द्र पनि होइन । विद्यार्थी सन्सार बदल्ने एउटा महाअभियानको यात्री हुन् । विद्यार्थी वर्ग मुलुकका कर्णधार हुन् । जब एक व्यक्ति शिक्षित हुन्छ भने पुरै परिवार शिक्षित हुन्छ साथै परिवार पछी समाज र समाज पछी पुरै रास्ट्र शिक्षित हुनु हो । कोरोनको कारणले शैक्षिक प्रणालीमा असर गर्नु भनेको सिङ्गो रास्ट्रलाई पछाडि धकेलिदिनुहो जसबाट शैक्षिक क्षेत्रमा अघि बड्न निकेै गाह्रो हुनेछ । विद्यार्थी वर्गमा कोरोनाले गरेको असरको तस्बिर हामी सामु उभिएको छ ।कोरोनाको जोखिम उच्च हुँदै गएपछि , कोरोना नियन्त्रणका लागि स्थानिय सरकारले बन्द रहेका विद्यालय , कलेजहरुलाई क्वारेन्टीन र आइसोलेसनको रूपमा प्रयोग गरे ।अधिकांश भवनहरु कोरोनाको उपचारको लागि प्रयोग भएकाले विद्यालय , कलेज सन्चालन गर्दा समुदायमा कोरोनाको सङ्क्रमण हुने डरले विद्यार्थीको मनोबिज्ञानमा थप असर पर्नुका सथै त्राषित हुन बाध्य भएका छन् । कोरोना कहर सँगै विद्यार्थी वर्गमा परेको असर निराशाजनक छ जसलाई सन्तुलनमा लेराउन मिहेनत गरेर अगाडी बढ्न जरुरी छ।यस्तो बेलामा विद्यार्थीहरुलाई शैक्षिक गतिविधि र क्रियाकलापहरुमा व्यस्त कसरी बनाइराख्ने भन्ने सन्दर्भमा ध्यान दिन जरुरी छ ।साथ -साथै शैक्षिक सस्थाहरुले विद्यार्थीको शैक्षिक शुल्कम छुट दिएर विद्यार्थी वर्गलाई राहत दिन जरुरी छ । मुलुकको शैक्षिक प्रणाली र यसले विद्यार्थी वर्गमा परेको असर निकै डरलाग्दो र कमजोर बनाएको अवस्थामा सरकारी निकायहरुले विशेष ध्यान दिन जरुरी देखिन्छ । अधिकांश मुलुकका मानिसहरु अति आवश्यक काममा मात्र सिमित भएका छन् जस्ले गर्दा विद्यार्थी वर्गका अभिभावक काम बिहिन भएर घरमै बस्न बाध्य भएका छन् । आउने दिनहरुमा धेरै विद्यार्थीहरुले आफ्नो पढाईमा पुर्णबिराम दिन बाध्य हुनेछन् । तर यस्तो परिस्थितिमा पनि सरकारी निकयहरु तमास हेरेर मौन बसिरहेका छन् ।

सरकारी निकायले बेलैमा यस विषयमा गम्भीर भएर अगाडि बढनुपर्ने र कोहि पनि पढाई छाड्नुपर्न बाध्यता हुन नदिन विभिन्न परियोजनाहरु बारे बेलैमा सोच्न जरुरी छ । तर देशका जनताहरु जस्तोसुकै कष्टकर स्थितीमा भयपनि देशका गन्यमान्य व्यक्तिहरु नै कुर्सी जोगाउन लागि परेका छन् । नर्वे आज विश्वको चेतनशिल रास्ट्रमा तेसै परेको हैन १ विद्यार्थी बराबर १४ हजार अमेरिकी डलर खर्च गर्छ । तर हाम्रो सरकारले शिक्षा क्षेत्रमा अरबौँ लगानी त गर्छ तर त्यसको सहि सदुपयोग भएको छ छैन भनेर अनुगमन गर्न सक्दैन । शिक्षाले चेतना वृद्धि गर्छ र मानिसलाई विवेकशील बनाउँछ तर हाम्रो चेतनामा वृद्धि आउन सकेको छैन यसको मुख्य कारण भनेको हाम्रो देशको शिक्षा प्रणालि हो ।  शिक्षित नेपाली समृद्ध नेपाल तब मात्र सम्भव हुनेछ जब सरोकार वालाहरुले शिक्षाको मह्त्व बुज्नेछन् ।

 

Facebook Comments Box