रत्ननगर । चितवन पर्यटकीय नगरी सौराहामा लकडाउनका कारण प्रभावित बनेका हात्तीहरुलाई पौष्टिक आहार सहयोग गरिएको छ । विशेष गरि नीजि स्तरबाट पालिएका हात्तीहरु पर्यापर्यटन ठप्प हुदाँ आहार समेत कमी आएकोपछि वन्यजन्तु प्रेमी सम्बद्ध नेपाल एलिफेन्ट वाक सेन्चुरी र जेन्टल जायन्ट्स स्टे होम संयुक्त पहलमा हात्तीहरुका लागि पौष्टिक आहार सहयोग गरिएको हो ।

पछिल्लो जंगलमा जादाँ आफै घाँसपात खादै आएका हात्तीहरु हात्ती सफारी वन्द भएपछि उनीहरुको खानामा आधा कम भएको थियो । भने व्यवसायीहरुलाई समेत खाना खुवाउन समस्यामा परेका थिए । यहाँका ४१ निजी हात्तीहरुलाई १०२५ केजी चना र ८२० केजी सख्खर नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष सुधा ढकालले जानकारी दिए ।

युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीको अध्यक्षतामा सम्पन्न खाद्यान्न वितरण कार्यक्रममा विश्व भरी महामारी कोबिड ज्ञ१९ फैलीएको यो विषम परिस्थितिमा सौराहको हात्तीहरुलाई गरिएको खाद्यान्न सहयोगले ठुलो राहत मिलेको व्यवसायीहरुले बताए ।

नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष सुधा ढकालले कोरोना महामारीको स्थिति सामान्य नहुन्जेलसम्म हात्तीहरुलाई खाद्यान्न सहयोग वितरण गरिने बताइन्। एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष ढकालले सदर चिडियाखाना जावलाखेलमा रहेको पवनकली हात्तीलाई पनि खाद्यान्न सहयोग वितरण गरिने बताइन्। खाद्यान्न वितरणको लागि जेन्टल जायन्ट्स स्टे होमका डिंना मुनोज र कोल्बी स्टेनरले आर्थिक सहयोग प्रदान गरेका थिए।

Facebook Comments Box