चितवन । बिसं.२०५८ साल साउन महिनाको ३० गते हृदयबिदारक घटना जुन घटना स्मरण गर्दा, गहभरी आँशु आउछ । कसैको अाँखा निभेका दिन। एउटी बुढी अामाकाे काेख रित्तिएकाे दिन । एक गर्भवती श्रीमतीको सिउदाे पुछिएकाे दिन । चार दिदीबहिनीको दाजुभाइ खाेसिएकाे दिन । दुई छाेरा र एक गर्भे छारीकाे बुबा खाेसिएकाे दिन। सायद कल्पना पनि गर्न सकिदैन होला त्यो घटनाको सारा वृतान्त स्मरण गर्दा सम्पूर्ण परिवार ,अाफन्तजन, इष्टमित्र, छिमेकीकाे अाँखामा अाशु बर्सिएकाे दिन । जसरी घाम अस्ताएपछि अन्धकार हुन्छ । त्यसरी नै साँझपख सवाँ सात बजे घरकाे मुख्य व्यक्ति सधैंका लागि अस्ताएर परिवारमा अन्धकार छाएकाे दिन । तिजकाे लहर सँगै सबै रमाएकाे बेेलामा परिवारमा परेकाे शाेक । राताे पहिरनले ढकमक्क सझिएकि मेरी अामाकाे पहिरन सेताेमा बदलिएको दिन । कहिल्यै नछुटाउने मेरी अामाकाे सिँउदाेकाे सिन्दुर सदाकाे लागि पुछिएकाे दिन। त्यसै वर्षको माघमा जन्मिएकी म सधैं अाँखाले बुबालाई खाेज्दथे। अरुले बुबा भनेर बाेलाउदा, अामाकाे हात समाउदै बुबा खाेइ भनेर प्रश्न गर्थे । लगत्तै अामाका अाँखाका डिलहरु फेरि अाशुले भरिन्थे। अनि म माैन हुन्थे, बालापन कति छिटाे बित्यो पत्तै भएन । यथार्थ बुझ्न सक्ने भएपछि सत्यलाई जसाेतसाे स्विकार गर्दै अगाडि बढे । भनिन्छ नि दैबको हार अपारम्पार भनेर हो त्यस्तै भयो मेरो जिन्दगीमा पनि र, बुबाकाे फाेटाे सँगै रमाउन थाले । अामा दाजुभाइले कहिलेपनि बुबाकाे अभाव हुन दिनुभएन । तर पनि मनमा अनेक अनुभुतिहरु खेल्थे र खेल्छन् । फुर्सदमा बुबा झलक मुर्ति पन्तको कल्पना गर्छु र केही शब्दहरू काेर्छु –
यसरी नै बाबालाई सम्झिएर एउटा कबिता लेखेकी छु ।

बाबाकाे वियोगमा छाेरीकाे मनकाे पिडा (कबिता)

मलाई नसाेध्नु है, काे हाे तिम्रो बाबा ? भनेर
छाेडेर जानुभयो, मलाई गर्भमा राखेर ।
मन त थियाे मलाई पनि, बाबासँगै खेल्न
निष्ठुरी भई अायाे दैव, सकेन खुसी देख्न ।। २

बाबालाई खाेसेर लग्यो, दैवले पहिले
फाेटाे हेर्दै मन बुझाउँछु, टाेलाइ बस्छु अहिले ।
अधुरो नै रह्यो हाम्रो, सबै इच्छाहरु
अर्को जुनिमा पक्का भेट, गराउ है प्रभु ।। २

याे जुनिमा पाइन मैले, बाबालाई बाेलाउन
अर्काे जुनिमा देउ है प्रभु, बाबासँगै रमाउन ।
सायद हाम्रो भाग्यमा नै, रहेछ ठुलाे खाेट
त्यसैले त सहनु पर्याे , यति ठुलाे चाेट ।। २

याे मन साह्रै रुन्छ मेराे, कुशे अाैँशि अाउँदा
कति खुसी हुन्थ्यो हाेला, बाबाकाे माया पाउँदा ।
ईश्वरले नै लुटि लग्यो, हाम्रो अाधा खुसी
यहीँ कुराले सधैं हाम्रो, मन बनाउछ दुखि ।। २

अाधा टुहुराे भई म त, बाँचेकाे छु अहिले
अर्काे जुनिमा बाबा भनी, बाेलाउने छु पैले ।
बाबा हजुर स्वर्गलाेकमा, हामी मर्त्य लाेकमा
कतिन्जेल बस्ने हाेला, हामी शाेकै शाेकमा ।। २

ईश्वरले नि याे जिवनमा, ठुलाे खेल खेल्याे
त्यहीँ ईश्वर निर्दयी भई, मलाई रुन पर्याे ।
लेख्न मन त धेरै थियाे, मन रुदै गयाे
लेख्दा लेख्दै अाँशु झर्याे, कापी भिज्न गयाे ।।।३

बुबा स्वर्गीय झलक मुर्ति पन्तको सम्झनामा उनकी छोरी निस्मा पन्तद्वारा लेखिएको कबिता मन परेमा शेयर गरिदिनुहोला, धन्यवाद !

लेखक -🖋️छाेरी – निस्मा पन्त

Facebook Comments Box