खैरहनी | खैरहनी नगरपालिका -८ चौबिसकोटि पर्सामा संचालनमा आएको हेल्प डेक्स खैरहनीले नि : शुल्क फुड एम्बुलेन्स सेवा संचालनसंगै कोभिड १९ संक्रमित प्रेमोपहार कार्यक्रम पनि संचालनमाल्याइएको छ |

खैरहनी नगरपालिका भित्रका कोभिड संक्रमित बिरामीको मनोबल उच्च बनाउन तथा कोभिडबिरामीको वर्तमान स्वास्थ्य अवस्था बुझि परेको असहज परिस्थितिलाइ सहजिकरण गर्नेउद्देश्यका साथ कार्यक्रम संचालनमा ल्याइएको हेल्प डेक्स खैरहनीका अभियान्ता मुरली प्रसादगजुरेलले ग्रेट टिभिलाइ जानकारी दिए |

हेल्प डेक्स खैरहनीले अति विपन्न परिवारलाइ खाधन्न वितरण नि : शुल्क फुड एम्बुलेन्स सेवामार्फत दिदै आइरहेको छ | खैरहनी भित्र बुधवार देखि संचालनमा ल्याइएको कोभिड १९संक्रमणमा रहनुभएका आत्मियजनमा प्रेमोपहार कार्यक्रमले कोभिड बिरामीका स्वास्थ्य अवस्थाबुझि आत्मबल उच्च बनाउन स्वास्थ्य परामर्शसंगै पोषण युक्त्त खाध्यबस्तु उपलब्ध जनाइएको छ |

हेल्प डेक्समार्फत् आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारी साधनको व्यवस्था, अक्सिजनआवश्यक बिरामीका लागि अक्सिजन सिलिन्डरको व्यवस्था, अति बिपन्न परिवारका लागिखाध्यान्न वितरण , नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै पुर्‍याइदिनेव्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिने लगायतका सेवा सञ्चालनगर्दै आइरहेको छ |

Facebook Comments Box