धर्मेन्द्र प्रसाद यादव
विरगंज । बीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानूनविपरीत क्रियाकलाप गर्ने एक जना पक्राउ परेको छ

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१० घडिअर्वा बस्ने बर्ष २४ को सौरभ साह रहेका छन उनी आफूलाई सञ्चारकर्मी तथा समाजिक अभियन्ता भनी Y.O.B. नामको फेसबुक ग्रुपपेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानूनविपरीत क्रियाकलाप गरेको भनी पीडित पक्षको जाहेरी दरखास्तको आधारमा साहलाई पक्राउ गरिएको पर्साका डिएसपी ओम प्रकाश खनालले बताए

पर्सा प्रहरीले मंगलबार बी.म.न.पा.८ बाट साहलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता,२०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

Facebook Comments Box