आशिष उप्रेती
चितवन । पूर्वी चितवनको राप्तीमा टिप्परको ठक्करबाट एक युवती घाइते भएकी छिन् । राप्ती नगरपालिका २, गड्यौलीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८११९ नम्बरको टिप्परले राप्ती नगरपालिका १, लोथर बस्ने २० बर्षीय सेतीमाया पाख्रिनलाई ठक्कर दिदा उनी घाइते भएकी हुन्। घाईतेको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरस्थित अलाईभ हस्पिटल लगिएको प्रहरीले जनाएको छ । सडकबाट १० मिटर टाडा रहेकी उनलाई टिप्परले ठक्कर दिएको हो ।

साथीसंग बिएड प्रथम बर्षको परीक्षा फाराम भर्न भनेर हिड्न लाग्दा साइकलमा हावा सकिएकोले साथी हावा हाल्न गएको र उनी सडक भन्दा अन्दाजी १० मिटर टाडा त्यही उभिएको बेला टिपरले ठक्कर दिएको उनको साथीले बताएकी छिन्। ठक्कर दिने टिप्पर र चालक ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना पछि स्थानियबासी र आफन्तहरु आक्रोशित भएर अन्य टिप्परहरुलाई सडकमा रोकेर केही समय विरोध समेत जनाएका थिए ।

Facebook Comments Box