माडी । कोभिड नियन्त्रणको लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका माडीका सुरक्षाकर्मीहरुलाई आज सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

माडीका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री अभाव भएको जानकारी पाएपछि सामाजिक अगुवा एवम् नेकपा एमालेका युवा नेता श्रीप्रसाद दवाडीको सहयोगमा माडीका सुरक्षाकर्मीहरुलाई माक्स र सेनिटाइजर वितरण गरिएको हो ।
आज स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका प्रहरी कार्यालहरुमा सीमा सुरक्षा बल (बिओपी) चैनपुर, सोमेश्वर प्रहरी चौकी कृष्णनगर,बिओपी राईडाँडा,बिओपी बाँदरझुला रहेका छन् । सोही अवसरमा दवाडीले बाँदरझुलाकी कोभिड सङ्क्रमित विपन्न महिलालाई पनि खाद्यान्न उपलब्ध गराउनुभएको थियो । यसअघि पनि दवाडीले ईलाका प्रहरी कार्यालय बसन्तपुर,बिओपी छरछरे र राधापुरमा रहेका शसस्त्र प्रहरीहरुलाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।

कोभिड सङ्क्रमणको सङ्क्रमणको समयमा सुरक्षाकर्मीहरुको समस्या बुझेर सहयोग गर्ने सहयोगी श्रीप्रसाद दवाडीलाई स्वास्थ्य शाखा प्रमुख सुवेदीले हार्दिक धन्यवाद दिंदै सङ्क्रमणको समयमा अत्यावश्यक काम बाहेक अनावश्यक हिंडडुल नगर्न सम्पूर्ण माडीवासीहरुलाई आग्रह गर्नुभयो ।

कोभिडको सङ्क्रमणको समयमा पनि अग्रपङ्तिमा रहेर जनताको सेवा गर्नु पर्ने भएकोले स्वास्थ्य सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको सामाजिक अगुवा एवम् युवा नेता श्रीप्रसाद दवाडी बताउनुभयो ।

Facebook Comments Box