चितवन । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)द्धारा चितवनको कालिका नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

बुधबार कालिका नगरपालिकाकोमा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष भरत ढुङ्गानाले मेयर खुमनारायण क्षेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नु भएको थियो ।

नगरपालिकालाई स्वास्थ्य सामाग्री अन्तर्गत सर्जिकल माक्स,KN 95 माक्स र सेनिटाइजर हस्तान्तरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघकी स्थानिय कार्यक्रम संयोजक पूजा रेग्मीले जानकारी दिइन ।

महासंघले केहिदिन अगाडी कालिका नगरपालिका ८ धारापानी सामुदायिक वनका उपभोक्ताहरुलाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

Facebook Comments Box