चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठारमा रहेका मुसहर बस्तिमा विहिबार खाध्यान सहयोग भएको छ । हेल्प डेक्स खैरहनीले मुसहर बस्तिमा विहिबार खाद्य सामग्री सहयोग गरेको अभियान्ता रामेश्वर रिजालले वताए ।

मुसहर बस्तिमा रहेका २८ घर र मुसरबस्ति आसपास रहेको अति बिपन्न ४ घरका परिवारलाइ खाधान्न बितरण गरेको थियो । ३२ परिवारलाई पचास हजार बराबरको दैनिक अत्यावश्यक पर्ने चामल , नुन , तेल र साबुनलगायते सामाग्री वितरण गरिएको थियो । हेल्प डेक्स खैरहनी मार्फत आयोजित राहत वितरणमा युवा समाजसेवी एवं अभियान्ता अर्जुन भुषाल लागायतको टिमको पनि उपस्थित रहेको थियो ।

कोभिडको दोस्रो भेरीयन्ट सुरु भए संगै ग्रेट एफएम , श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिती चितवन र ग्रेट टिभीको संयुक्त आयोजना तथा खैरहनी नगरपालिका भित्रका बिभिन्न संघसंस्थाहरुको सहकार्यमा हेल्प डेक्स मार्फत आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारी साधनको व्यवस्था, नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै र्पुयाइदिने व्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिने लगायतका सेवा सञ्चालनगर्दै आइरहेको अभियान्त रिजालले वताए ।

Facebook Comments Box