ध्रुवराज खनाल
चितवन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा चितवनको खैरहनी नगरपालिका जिल्लाकै प्रथम भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बागमती प्रदेश सुशासन केन्द्रको सहयोग जिल्लाका स्थानिय तहको स्वमुल्यांकन गरेको थियो। जसमा सर्वाधिक अंक ल्याउँदै खैरहनी नगरपालिका चितवनका सात पालिका मध्ये पहिलो नम्वरमा परेको हो। स्वमुल्यांकनमा पहिलो भएको खैरहनीले ७८ प्रतिशत अंक प्राप्त गरेको नगरपालिका प्रमुख लालमणि चौधरीले बताए।दोश्रो स्थानमा परेको राप्ती नगरपालिकाले ७६ अंक, तेश्रो भरतपुर महानगरपालिकाले ६९ अंक, चौथो रत्ननगर नगरपालिकाले ५४ अंक, पाँचौ इच्छाकामना गाउँपालिकाले ५३।२५ अंक, छैटौ माडी नगरपालिकाले ५०।७८ अंक र पुछार अर्थात सातौ नम्वरमा परेको कालिका नगरपालिकाले ४३।५ प्रतिशत अंक प्राप्त गरेको छ।

खैरहनी नगरपालिका बागमती प्रदेशमा भने चौथो नम्वरमा परेको छ। खैरहनी नगरपालिका प्रमुख चौधरीले कर्मचारी,जनप्रतिनिधीको सयुक्त प्रयासले स्वमुल्यांकनमा खैरहनी जिल्लामै पहिलो नम्वरमा स्थापित हुन सफल भएको प्रतिक्रिया दिए। अहिले प्राप्त गरेको अंकमा सुधार गर्न तर्फ आफ्नो टिमको ध्यान केन्द्रित हुने उनको भनाई थियो। स्थानीय तह लागू भएपछि संघीय मामिला मन्त्रालयले पहिलो पटक स्थानीय तहले स्वमुल्यांकन गर्ने कार्यक्रम ल्याएको हो।

यसअघि स्थानीय निकाय हुँदा एमसिपिएम मार्फत मुल्यांकन गरिदै आएको थियो। शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,वार्षिक वजेट तथा योजना व्यवस्थापन,वित्तिय एवंम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह, न्यायिक कार्य सम्पादन,भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद व्यवस्थापन ,सहकार्य र समन्वयलाई आधार मानेर मुल्यांक गरिएको थियो। खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले स्थानीय तहलाई जिम्मेवार वनाउन मन्त्रालयले यो कार्यक्रम ल्याएको बताए।

सेवा चुस्त दुरुस्त पार्न,सुसाशन,सेवा प्रवाह,भ्रष्टचार नियन्त्रणमा मद्यत पुर्याउन समेत यो कार्यक्रमले महत्व राख्ने न्यौपानेले वताए। उनका अनुसार सरकारले उपलव्ध गराउने अनुदानमा समेत यो मुल्यांकनले प्रवाह पार्न सक्छ।

देशभर भने स्याङजाको वालिङ नगरपालिका ९६ प्रतिशत अंक ल्याउँदै प्रथम भएको छ। संघीय मामिला मन्त्रालयका अनुसार ४० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतिशतलाई कमजोर, ६० देखि ८० प्रतिशतलाई राम्रो, ८० प्रतिशतमाथि ल्याउनेलाई उत्कृष्ट स्थानीय तहका रुपमा वर्गीकरण गरिन्छ।

Facebook Comments Box