चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर-६, बछौलीस्थित नेपाल रेडक्रस उपशाखा बछौलीले आफ्नो क्षेत्रभित्रका अपाङ्गता र अशक्त भएकाहरुको लागि ह्वीलचियर वितरण गरेको छ ।

उपशाखा बछौलीले आइतबार जनप्रतिनिधि र सुरक्षा निकायको उपस्थितिमा ह्वीलचियर वितरण गरिएको उपशाखाका कोषाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

इन्टरनेसनल ह्यान्डिक्राफ्टको सहयोगमा उपशाखामा प्राप्त भएका आठ थान ह्वीलचियर वितरण गरिएको समाजसेवी एव उपशाखाका निवर्तमान सभापति राममणि खनालले बताए ।

कार्यक्रममा वडाध्यक्ष बलराम दाहाल, वडा सदस्यद्वय किरण महतो, केशरीमाया सुनार, बछौली चौकीका इन्चार्ज, गवै माविका प्रधानाध्यापक ऋषिप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको बारेमा उपशाखा सभापति सुवास विडारीले प्रकाश पारेका थिए ।

Facebook Comments Box